नेपाल–ओमान द्विपक्षीय परामर्श बैठक सम्पन्न

डिसी नेपाल
२२ असोज २०८३ १९:१६
8
Shares

काठमाडौं। नेपाल र ओमानबीचको दोस्रो द्विपक्षीय परामर्श बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउँदै कृषि, व्यापार, पर्यटन, लगानी, श्रम आप्रवासन तथा संस्कृतिलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

बैठकमा भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो। नेपाली पक्षले ओमानलगायत मित्रराष्ट्रबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै थप सहयोगको अपेक्षा गरेको जनाएको छ।

ओमानको काठमाडौंमा दूतावास स्थापना, नेपाल–ओमान मैत्री संस्था गठन तथा सन् २०२७ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ संयुक्त रूपमा मनाउने तयारीबारे पनि छलफल भएको छ।

श्रम आप्रवासनका क्रममा नेपाली श्रमिकको अधिकार र सुरक्षालाई प्राथमिकता दिँदै श्रम तथा जनशक्ति आदानप्रदानसम्बन्धी समझदारीपत्र छिटो टुंग्याउने विषयमा समेत जोड दिइएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र ओमानी प्रतिनिधिमण्डलको नेतृत्व ओमानको परराष्ट्र मन्त्रालयका राजनीतिक मामिला उपसचिव शेख खलिफा अल हर्थीले गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *