नेपाल यु-१९ पुरुष एसिया कपमा भारत र पाकिस्तानको समूहमा
काठमाडौं। एसीसी यु-१९ पुरुष एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। बिहीबार, एसियन क्रिकेट काउन्सिलले यु-१९ एसिया कपको तालिका सार्वजनिक गरेको हो।
एकदिवसीय फर्म्याटमा हुने यो प्रतियोगिता नोभेम्बर ५ देखि १४ (कात्तिक १९ देखि २८ गते) सम्म ओमानमा सञ्चालन हुनेछ।
नेपालले समूह ‘ए’ मा भारत, पाकिस्तान र यूएईसँग रहेकोछ भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया रहेका छन्।
समूह चरणमा १२ खेल हुनेछ। समूहको विजेता र उपविजेताले सेमिफाइनल खेल्नेछन्।
पाकिस्तान यू-१९ एसिया कपको डिफेन्डिङ च्याम्पियन हो। पाकिस्तानले भारतलाई हराउँदै उपाधी जितेको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपालले पहिलो खेल कात्तिक २० (नोभेम्बर ६ ) मा खेलिने छ। नेपालले पहिलो खेलमा भारतसँग खेल्ने छ भने दोस्रो खेलमा कार्तिक २२ गते पाकिस्तानसँग र कार्तिक २४ गते मलेसियासँग खेल्ने छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment