रजत वर्षमा ब्लु डाइमन्ड सोसाइटी : अधिकारका क्षेत्रमा ऐतिहासिक उपलब्धी हासिल गरेको दाबी
काठमाडौं। लैङ्गिक पहिचान, स्वास्थ्य, मानव अधिकारलगायत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अधिकारका क्षेत्रमा क्रियाशील संस्था नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) ले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ।
विहीबार काठमाडौं एक विशेष समारोहको आयोजना गर्दै संस्थाले रजत वर्ष मनाएको हो। सो अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले वादीले अल्पसंख्यक समूदायका मुद्दाहरु स्थापित गराउन दक्षिण एसियामा नेपाली उदाहरणीय रहेको उल्लेख गर्दै माग र मुद्दाहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताइन्।
समूदायलाई संविधानले सम्बोधन र सम्मान गरेको बताउँदै मन्त्री बादीले सरकारले प्रभावकारी कामहरु योजनावद्ध रुपमा अघि बढाएको जानकारी दिइन। उनले समलिंगी विवाहलाई नीतिगत रुपमा मान्यता दिलाउन र तथ्यांक संकलनमा काम गरिरहेको बताइन्।
न्यायधीश हरि फुयाँलले कानुनी रुपमा समूदायले ऐतिहासिक उपलब्धी हासिल गरेको बताए। उनले सर्वोच्च अदालतले दिएका आदेशहरु कार्यान्वयन जरुरी रहेको औंल्याए।
नेता गणेश साहले पहिलो संविधान सभामा समूदायका अधिकार पहिलो पटक संसदमा उठाएको अनुभव सुनाउँदै समूदायका व्यक्तिहरु विजयीको यात्रामा रहेको उल्लेख गरे।
नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले २५ बर्षमा भोगेका अनुभवहरु सुनाउँदै अबको २५ बर्षको योजनाहरु बनाएर अघि बढ्नुपर्ने औल्याइन्। उनले अधिकारका लागि सर्वोच्च अदालतदेखि संसदसम्म धाउँदा भोगेका समस्याहरु सुनाइन।
समारोहमा संस्थालाई सहयोग गर्ने विभिन्न संस्था र व्यक्तिहरुलाई सम्मान समेत गरियो। कार्यक्रममा मानवअधिकार आयोगकी लिली थापा, नेता गणेश साह, अष्ट्रेलियन र नर्वेजियन दूतावासका प्रतिनिधि, दातृ निकायका प्रतिनिधि, अभियन्तालगायतलाई सम्मान गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment