डोटीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
१९ मंसिर २०७६ १०:५१

डोटी । जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।

मृत्यु हुनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जीप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ।

जीप के कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *