सृष्टिलाई कस्तो लाग्यो सौगातको ‘माछा माछा’ ?

डिसी नेपाल
१९ मंसिर २०७६ १२:०१

काठमाडौं। अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ लामो समयदेखि प्रेममा छन्। लिभिङ टूगेदरमा रहेका यी दुई चाँडै बिहे गर्ने सोँचमा छन। यी दुईको प्रेम फिल्मवृत्तमा दुनियालाई थाहा छ। त्यसैले त सौगात र सृष्टि हरेक कार्यक्रममा संगै पुग्छन्।

बुधबार सौगात र सृष्टिको प्रेम रोचक देखियो।  एक अर्काको हात समाउँदै सौगात र सृष्टि कमलपोखरीस्थित बिग मुभिजमा आयोजित ‘माछा माछा’फिल्मको प्रिमियरमा  पुगेका थिए।

‘क्राइम कमेडी’ जनरामा बनेको फिल्म ‘माछा माछा’शु्रकबारदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा सौगात मल्ल शिर्ष भूमिकामा छन्। त्यस्तै सृष्टि श्रेष्ठले एउटा गीतमा सौगातसंगै कम्मर मर्काएकी छिन्। यी दुईले संगै बसेर यो फिल्म हेरे। फिल्म हेरेपछि मिडियासंग कुरा गर्दै सृष्टिले फिल्म आफूलाई मन परेको प्रतिक्रिया दिइन्।

‘कन्सेप्ट नयाँ लाग्यो। टिमअम राम्रो लाग्यो। कलाकारहरुको काम राम्रो लाग्यो’ सृष्टिले भनिन् –‘सौगातको काम पनि मनपर्यो।’ फिल्म हेरिरहँदा आफू धेरै पटक हाँसेको सृष्टिले बताइन्।

प्रिमियरमा ‘माछा माछा’फिल्म टिमसंगै अभिनेता गौरव पहारी, बुद्धि तामाङ्ग, अभिनेत्री मिरुना मगर लगायतका कलाकारहरुको उपस्थिति थियो।

दयाहाङ राई र रामबाबु गुरुङले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा सुनिल गुरुङको लेखन तथा निर्देशन छ। फिल्ममा सौगातका अलावा नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, ध्रव कोइराला लगायतको अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *