‘दि कर्मा’को टिजर सार्वजनिक [भिडियो]

डिसी नेपाल
१९ मंसिर २०७६ १२:४२

काठमाण्डौ। नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। माघ १७ गतेदेखी प्रदर्शनमा आउने फिल्मको टिजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा अभिनेता करण वर्मा र बुद्दी तामाङ्गलाई देख्न सकिन्छ।

चलचित्रमा नायिका राणाको भूमिका बोल्ड रहेको टिजरबाट अनुमान लगाउन सकिन्छ। त्यस्तै नायक करणलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। टिजरमा उनको सुगठित शरीर देख्न देख्न सकिन्छ।

चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन्। जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन्। रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह–निर्माताको रुपमा छन्।

भारतिय कलाकारको अभिनयका कारण पनि यो चलचित्रलाई चासोका साथ हेरिएको छ। चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो। चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ। ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो। चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्।

‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए। नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो चलचित्र रिलीज गरिने अर्का निर्माता श्रीदेवले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *