‘कांग्रेसमा देउवाकाे बहिर्गमन आवश्यक’

डिसी नेपाल
१९ मंसिर २०७६ १३:०६

गत संसदीय निर्वाचनमा तत्कालीन बामगठबन्धनले झण्डै दुई तिहाई बहुमत ल्याएपछि जनमानसमा अबका २० औं वर्ष कम्युनिष्टले मुलुकमा सरकार संचालन गर्छ, मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक भनिएको कांग्रेस सकिन्छ भन्ने चर्चा सुनिन्थ्यो। तर, मंसिर १४ मा भएको उपनिर्वाचनको मतपरिणामले यो मुलुकमा २० औं वर्ष कम्युनिष्टले शासन गर्न सक्दैनन् भन्ने साबित गरिदियो।

यति हुँदाहुँदै पनि कांग्रेस जनताले चाहेजस्तो हुन नसकेको भने सत्य हो। कम्युनिष्टको अर्को बलियो र भरपर्दो विकल्प नपाएरै कांग्रेसमाथि जनताले विश्वास गरेको भए पनि कांग्रेस जनताले चाहेजस्तो भइसकेको छैन।

कांग्रेसको वर्तमान नेतृत्वलाई नपत्याएरै कम्युनिष्टको विकल्प रोजेका जनताले कम्युनिष्टको काम चित्त नबुझेर अहिले उपनिर्वाचनमा कांग्रेसको पक्षमा गएका हुन्। यो कांग्रेसप्रतिको विश्वास भन्दा पनि कम्युनिष्टप्रतिको वितृष्णाको परिणाम हो। जनताले कम्युनिष्टसँग आजित भएर उसको विकल्प मात्र खोजेका हुन्।

अहिले पनि कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आम कांग्रेस कार्यकर्ता र आम जनताले पूरै भरोा गर्न सकेका छैनन्। सभापति देउवाबाट नयाँ कुरा, नयाँ र सक्षम नेतृत्व प्रदान गर्ने र देशलाई नयाँ ढंगले अगाडि बढाउँछन् भन्ने कुरामा जनता र स्वयं कांग्रेसीजनलाई विश्वास छैन।

कांग्रेसमा नीतिगत सुधार र जनविश्वास प्राप्त गर्न सक्ने सक्षम कुशल नेतृत्व अहिले कांग्रेसको आवश्यकता हो। यही कुरा अहिले कांग्रेसका कार्यकर्ता र जनताले पनि खोजेका छन्। त्यही कुरा अहिलेको उपनिर्वाचनबाट साविक पनि हुन पुग्यो।

धरानमा डा. शेखर कोइरालाले जिम्मा लिएर पलेटी कसेर बस्दा कहिल्यै कांग्रेसले हात पार्न नसकेको निर्वाचन परिणाम यो पटक कांग्रेसले हात पारेको छ। यसमा डा. शेखर कोइरालाप्रतिको विश्वास र भरोसा नै धरानमा कांग्रेसको जितको आधार देखियो।

धरानमा डा. शेखर कोइरालाले जिम्मा लिएर पलेटी कसेर बस्दा कहिल्यै कांग्रेसले हात पार्न नसकेको निर्वाचन परिणाम यो पटक कांग्रेसले हात पारेको छ। यसमा डा. शेखर कोइरालाप्रतिको विश्वास र भरोसा नै धरानमा कांग्रेसको जितको आधार देखियो।

त्यसैगरी चितवनमा होस वा भक्तपुरमा आएको निर्वाचनको परिणामको कुरा गर्दा जहाँ सक्षम र युवा नेतृत्व अगाडि बढ्यो र खट्यो, त्यहाँ कांग्रेसको पक्षमा निर्वाचन परिणाम आयो। जहाँ पुराना मान्छे खटेको ठाउँमा परिणाम आफ्नो पक्षमा आउन सकेन।

जस्तै कांग्रेस सभापति शेरबहादुर देउवा धेरै पोखरामा केन्द्रित हुनु भयो तर परिणाम कांग्रेसको पक्षमा आएन। नतिजा कांग्रेसको पक्षमा आउनु त परको कुरा मत अन्तर यति धेरै देखियो कि कांग्रेस प्रतिस्पर्धामै देखिएन ।

यसरी हेर्दा नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट नयाँ नेतृत्व खोजेको कुरामा शंका रहेन। नेपाली कांग्रेसप्रतिको जनताको मोह कम भएको छैन भने नेपाली कांग्रेसका मतदाता घटेका पनि रहेनछन्। तर अन्य समय राजनीतिमा सक्रिय नहुने, सधैं पार्टी भनेर नलाग्ने र राजनीतिक आस्थाले होइन, आवश्यकता र मुलुकको हितको हिसाबले पार्टी रोज्ने जनता छन् ।

उनीहरु कांग्रेसको पनि होइन, कम्युनिष्टको पनि होइन यी तटस्थ जनता हुन् तर उनीहरुले समयको आवश्यकता अनुसार दल रोजेर मतदान गर्छन् । कहिलेकाहीँ उनीहरुले दल होइन व्यक्ति मात्र हेरेर पनि मतदान गर्छन् र यिनै जनता अन्तिम मत परिणाममा निर्णायक हुन्छन्।

लेखक : जगदीश दाहाल

त्यस्ता जनता भरपर्दो, आशलाग्दो र सक्षम नेतृत्व हेरेर मत दिन्छ, जुन मत सत्ताका लागि, सरकार गठनका लागि र संसदमा बहुमतका लागि निर्णायक हुन्छ। त्यस्तो जनतालाई भरपार्ने वा विश्वासमा लिने नेतृत्व आज कांग्रेसलाई आवश्यक परेको देखियो।

यी जनता आफूले मतदान गर्न लागेको उम्मेदवार मात्र हेर्दैनन्, आफूले कुनै उम्मेदवारलाई जिताउँदा उसले निर्वाचित भएपछि प्रधानमन्त्री कसलाई बनाउने कुरामा समर्थन गर्छ भन्नेसम्मको दूरदृष्टि राख्छन् ।

सम्भवतः यी जनताले कांग्रेसका उम्मेदवारलाई आफ्नो निर्वाचन क्षेत्रमा जिताउने वा नजिताउने निर्णय गर्दै गर्दा त्यो उम्मेदवारले कसलाई प्रधानमन्त्री बनाउन चाहन्छ वा उसले जितेपछि उसको पार्टीले कसलाई प्रधानमन्त्रीको रुपमा अघि सार्छ भन्नेसम्मको विश्लेषण गरिसकेका थिए।

त्यसकारण कांग्रेसमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिएर पार्टी सरकारमा पुग्ने संभावना देखिएन। र, उपनिर्वाचनले सक्षम, कुशल र भरपर्दो संगठनलाई सशक्त बनाएर आगामी निर्वाचनमा पार्टीलाई बिजयी बनाउन सक्ने नेतृत्वको आवश्यक छ भन्ने सन्देश लिएको छ।

यस्तो स्थितिमा केवल आफ्नो व्यक्तिगत लाभको लागि नेतृत्व लिने र पार्टीलाई कमजोर हुँदै जान दिने वा आफूले त्याग गरेर पार्टीलाई बलियो बनाउने भन्ने कुरा नेतृत्वको नैतिकताको विषय हो।

उपनिर्वाचनमा विभिन्न ठाउँमा भिन्न भिन्न नेताहरुको सक्रियता र त्यो सक्रियताले ल्याएको नतिजा हेर्दा अब कांग्रेसले आफ्नो संरचनामा आमूल रुपान्तरण गर्नैपर्ने देखिएको छ । उपनिर्वाचनअघि यी विषयलाई कसैको व्यक्तिगत धारणा मात्र भएको टिप्पणी गरिए पनि अहिले भने उपनिर्वाचनको नतिजाले तथ्यगत रुपमा यो बोलेको छ। तथ्यांकले झुट बोल्दैनन्।

यतिमात्र होइन तथ्यांकले भोलिको रणनीति तय गर्न दिशानिर्देश समेत गर्छ । अब तथ्यांकको दिशानिर्देशलाई मानेर त्यही बाटोमा अघि बढेमा मात्र कांग्रेसले पुनः मुलुकको नेतृत्व गर्ने शत्तिःको रुपमा पुनरागमन गर्न सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *