इञ्जिनीयरिङ परिषद् ऐनका लागि समन्वयात्मक छलफल गर्न निर्देशन

डिसी नेपाल
१९ मंसिर २०७६ २०:५६

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल इञ्जिनीयरिङ परिषद् ऐन, २०५५ लाई आवश्यक संशोधन गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च अधिकारीलाई समन्वयात्मक छलफल गर्न निर्देशन दिएको छ ।

समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त परिषद्लाई समयानुकूल परिमार्जिन तथा इञ्जिनीयरिङ शिक्षालाई व्यवस्थित र थप व्यावसायिक बनाउनका लागि ऐन संशोधन गर्न उक्त निर्देशन दिएको हो ।

तीन वटा मन्त्रालयको छलफलपछि आउने निष्कर्ष तथा प्रतिवेदनमाथि थप छलफल गर्न समितिको बैठक यही मङ्सिर २३ गते सोमबार पुनः बस्ने निर्णय भएको सभापति गुरुङले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *