भिटेनको नयाँ गीत युट्युबको ट्रेन्डिङ एकमा

डिसी नेपाल
२० मंसिर २०७६ ६:५३

काठमाडौं। र्यापर भिटेन (समीर घिसिङ)को नयाँ गीत सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा पर्न सफल भएको छ।

आगामी एल्बम ‘सुपरस्टार’भित्रको पहिलो गीत ‘थाहा छैन’विगत तीन दिनदेखि युट्युब ट्रेन्डिङको एक नम्बरमा रहँदै आएको छ।

भिटेनले आफ्नो आधिकारिक युट्युब च्यानल ‘भिटेन म्युजिक’मार्फत गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई फिचरिङ गरिएको छ। उमन बाइबाले निर्देशन गरेको भिडियोलाई सुरज दर्लामी मगरले खिचेका हुन्।

गीतले दश लाख ९० हजार बढी भ्युज पाइसकेको छ। भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने जुन गीतमा अश्लील शब्दहरू प्रयोग गरिएको आरोपमा गत कात्तिक महिनाको पहिलो हप्ता पक्राउ परेका थिए।

रिहाइपछि उनको फिल्म ‘सरौतो’ को प्रमोशनल गीत सार्वजनिक भएको थियो। जुन गीतलाई पनि स्रोता दर्शकले रुचाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *