‘सँगसँगै’मा सौगात–सृष्टिदेखि मुकुन–आश्मासम्म, भद्रकालीमा शुभमुहुर्त गरियो
काठमाडौं। नेपाली चलचित्र ‘सँगसँगै’को शुभमुहुर्त गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रको शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै शुभमुहुर्त गरिएको हो।
सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा रहने चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, मुकुन भुषाल, आश्मा गिरी, रश्मी भट्ट, विशाल पहाडी, विकास चापागाईँ, सविता रेग्मी लगायतको अभिनय रहनेछ।
शुभमुहुर्त कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले दुई दशक अगाडीदेखि अहिलेको समयसम्मको समसामयिक कथामा चलचित्र निर्माण हुने बताए। ‘युवाको विदेश पलायन मोहमा आधारित रहेर दुई साथिको कथामा फिल्म बनाउन लागेका हौं’ निर्देशक भट्टराईले डिसी नेपालसंग भने, –‘मौलिक, सामाजिक र पारिवारिक फिल्म बनाउँनेछौं।’

अष्ट्रेलिया र नेपालमा यो चलचित्रको छायांकन हुने शुभमुहुर्तमा जानकारी गराईयो। सुवानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा तोरन क्षेत्री, विष्णु लामिछाने, रोशन के.सी र विष्णु बहादुर क्षेत्रीको लगानी रहनेछ।
शुभमुहुर्त कार्यक्रममा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष तथा निर्देशक आकाश अधिकारी, निर्देशक दयाराम दाहाल, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतले चलचित्रलाई शुभकामना दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment