‘प्रेम गीत ३’ : प्रदीपको बाल्यकालको भूमिकामा यस्तो देखिए अनुभव

डिसी नेपाल
२० मंसिर २०७६ १६:०८

काठमाडौं। यस वर्षको प्रतिक्षीत फिल्म हो, – ‘प्रेमगीत ३’। फिल्मको हाल मनाङमा छायांकन भईरहेको छ।

केही दिनअघि अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको फिल्म युनिटले शुक्रबार बाल कलाकार अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोष्टर सार्वजनिक गरेको छ।

फिल्ममा अनुभवले अभिनेता प्रदीप खड्का र योगीशाले अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी छन्।

आशुसेन फिल्मसको व्यानरमा निर्माण भईरहेको फिल्ममा सन्तोष सेनको लगानी छ। फिल्मलाई निर्माता सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गरिरहेका छन्।

निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगीशा खत्री, कृजन गौतम लगायतका कलाकारहरुको अभिनय रहनेछ।

पूर्ण प्रेमकथामा निर्माण हुने फिल्म चैत २८ गतेदेखि देशब्यापी प्रदर्शनमा आउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *