विद्यालय हिँडेकी बालिकालाई गाडीमा लिफ्ट दिएर ड्राइभरले गरे बलात्कार
गुल्मी । गुल्मीमा विद्यालय हिडेकी एक बालिका बलात्कृत भएकी छन्। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाकी १० वर्षीया बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिकाका भोज बहादुर सार्कीलाई बिहीबार साझँ प्रहरीले पक्राउ गरेको छ। सार्की सवारी चालक हुन्।
बालिकालाई विद्यालय पुर्याउने भन्दै गाडिमा चढाएको र केहि पर लगेर बलात्कार गरेको गुल्मी प्रहरीले जनाएको छ। सार्कीलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन घलेले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment