अमेरिकाको डिसी स्थित भारतीय राजदुतावासमा एनआरएनएको बिरोध पत्र पेश

डिसी नेपाल
२१ मंसिर २०७६ ७:२६

वाशिंगटन डिसी । नेपालको भुमि अतिक्रमण बिरुद्ध अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित भारतीय राजदुतावासमा एनआरएनए अमेरिकाले बिरोध पत्र पेश गरेको छ ।

भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएको भन्दै भारतीय राजदुतावासमा एनआरएनए अमेरिकाले बिरोध पत्र पेश गरेको हो।

उक्त अवसरमा गैरआवासीय नेपाली संघ आईसिसि उपाध्यक्ष रबिना थापा, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, उपाध्यक्ष कृष्ण जिवी पन्थ, बोर्ड अफ डायरेक्टर छत्र गुरुङ, मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरे एबं समाजसेवी प्रेम कुमार श्रेष्ठको उपस्थित रहेको थियो।

उक्त अवसरमा नेपालको सार्वभौम भूमि आफ्नै सिमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरिएको छ। यद्यपी दुई देश बीचको सिमा समस्या दुईपक्षीय कुटनीतिक संवाद मार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ।

एनआरएनए आईसिसीले शुरु गरेको यस अभियानलाई विश्वभर रहेका एनआरएनए एनसिसीहरुले अभियानका रुपमा अगाडी बढिरहेका बेला भारतीय दूतावासमा एनआरएन एनसिसी अमेरिकाले बिरोध पत्र पेश गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *