अभिनेत्री ऋचा शर्माले कसिन् लगन गाँठो

डिसी नेपाल
२१ मंसिर २०७६ १६:४३
4
Shares

काठमाडौं । अभिनेत्री ऋचा शर्माले विवाह गरेकी छिन् । शनिबार अभिनेत्री ऋचाले लविम मलका म्यानेजर दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन् ।

नेपाली चलचित्र क्षेत्रमा राम्रो पहिचान बनाएकी ऋचाले केही दिनअघि सामाजिक सञ्जालमार्फत विवाह गर्न लागेको जानकारी गराएकी थिइन् ।
उनले केहीबेर अघि मात्रै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा विवाहको तस्वीर सार्वजनिक गरेकी छिन् ।

व्यक्तिगत कुरा वाहिर ल्याउन कमै रुचाउने ऋचाले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन् ।, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरूको अथाह माया अनि आशीर्वाद सदैव यसरी नै मिलोस् ।’ तस्वीरमा दुवैजना निकै खुशी देखिन्छन् ।

उनको विवाहको यो तस्वीर सेयर गर्दै विभिन्न कलाकारहरुले उनलाई बधाई दिइरहेका छन् । पछिल्लो समय ऋचा अभिनेत्री केकी अधिकारीले निर्माण गरेको कार्यक्रम ‘कमेडी च्याम्पियन’मा व्यस्त छिन् । उनी कार्यक्रममा निर्णायक छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *