लमजुङमा रोकिराखेको यात्रुसहितको बस खोलामा खस्यो, एकको मृत्यु, ७ घाइते

डिसी नेपाल
२२ मंसिर २०७६ १०:३७

काठमाडौँ । लमजङको बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उक्त बस दुर्घटनामा परी सात जना घाइते भएका छन्।

आज बिहान करिब ७ः४० बजेतिर लमजुङको पाउँदी नजिकको सडकमा रोकी राखिएको बस अनियन्त्रित भई पाउँदी खोलामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा परी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका लागि सुन्दरबजारको कर्मदा अस्पतालमा लगिएपनि उनलाई तत्कालै अस्पतालले मृत घोषणा गरको थियो ।

दुर्घटनामा परी घाइते भएका ७ जना मध्ये ४ जनालाई उपचारका लागी चितवन लगिएको तथा एक जनाको स्थानीय कर्मदा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *