भारतले सीमा मिचेको भन्दै अमेरिकामा बस्ने नेपालीहरुले व्हाइट हाउस अगाडि विरोध प्रर्दशन गर्ने
वासिंटन डिसी। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि अमेरिकामा बस्ने गैरआवासीय नेपालीहरुले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोध प्रर्दशन गर्नै भएका छन् । नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेको विषयलाई लिएर आगामी डिसेम्बर १५ तारिखका दिन व्हाइट हाउस अगाडी रहेको लाफेएट पार्कमा विरोध प्रर्दशन गर्न लागिएको हो ।
विरोध प्रर्दशनका लाग डिसेम्बर १५ का लागि आधिकारिक अनुमति प्राप्त भएको बताइएको छ । डिसी क्षेत्रका समाजसेवी तथा एनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले अब केवल ९ दिन मात्र बाँकी रहेकोले छिट्टै एक बौद्धिक तथा भौतिक भेलाको आयोजना हुने बताएका छन् । अधिकारीले यो सबैको साँझा कार्यक्रम भएकोले सबैको सहभागिता हुनु पर्ने कुरामा जोड दिए । उनले यो सबैको साझा कार्यक्रम भएकोले पनि सबै आयोजक भएको जनाए ।
भारतले आफ्नो नक्सामा नेपालका केही भूभाग देखाएको बिरूद्दमा गरिने विरोध प्रदर्शनमाआयोजक समितिले ३ पटक बैठकको आयोजना गरि विभिन्न महत्वपूर्ण निर्णयहरु गरेका छन् भने आगामी आइतबार ८ का दिन टेली फोन कन्फेरेन्स कलको माध्यमबाट बैठक गर्ने भएका छन् । सबैलाई उक्त बैठकमा सहभागिता हुन् अनुरोध गरिएको छ ।
डिसीमा हुने विरोध प्रदर्शन आयोजक समितिको नेतृत्व लिई रहेका कुलमणि आचार्यले डिसेम्बर १५ को लागि बिहान १० बजे देखि २ बजे सम्मको लागि कार्यक्रम गर्न अनुमति पाएको बताए ।
उक्त विरोध जुलूसमा आउँदा ब्यानर को साइज ३ ८ ६ फिट मात्र बोकेर जान पाइने छ । यस्ता प्रचार प्रसारका सामाग्रीहरु आउँदा उक्त पार्कमा ९.३०बजे बिहान प्रवेश गर्नुपर्नेछ । तुललाई पनि सुरक्षा सेक्युरिटी चेकभए पछि मात्र प्रयोग गर्न अनुमति पाइने छ ।उक्त पार्कमा आउँदा कुनै पनि चिज सुरक्षा जाँच भए पछि मात्र उक्त पार्कमा प्रवेश पाइने छ ।
यो विरोध कार्यक्रम संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’ नामक नेपालीहरुको समूहले नेतृत्व गर्दैछन।
डिसी बिरोध प्रदर्शन आयोजना समितिले भारत, अमेरिका, बेलायत,चीन, सयुक्त राष्ट्रसंघ प्रधान कार्यालय, नेदरल्याण्डको अन्तर्राष्ट्रिय न्याय अदालत, सर्वेक्षण विभाग भारत, अमेरिकी विदेश मन्त्रालय, नेपाल ककस, सिनेट कार्यालय, नेपाली संचार माध्यमलाई पत्राचार गर्नेछ ।
साथै यस बिषयमा अमेरिकी मुलधारका संचार माध्यम, नेपाली संचार माध्यम, अमेरिकामा रहेको नेपाली पत्रकारहरुको संस्थाहरु ईञ्जा र नेजालाई समेत संलग्न रहने छ । नेजा इन्जा स्थानीय सबै मिडियाहरूले यो कार्यक्रमलाई कभर गर्ने बताइएको छ । यो नेपाल र नेपालीहरीलाई एउटै मालामा गुंथ्ने अभियान भएकोले डि सि मेरिल्याण्ड भर्जिनियाका सबै संघ सस्थाका पेरतिनिधिहरूलाई अन्बार्य उपल्थित हुन आयोजकहरूले हार्दिक अपिल गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment