रोकिराखेको ट्रकपछि कारसँग ठोक्कियो मोटरसाइकल, एकजनाको मृत्यु
झापा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै मंगलबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन्।
सडक छेउमा रोकीराखिएको ना ५ ख ७६६ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ। -रासस
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment