‘चिकित्सा विज्ञान र मानवताबीच साझेदारीको खोजी’ विषयमा विचार गोष्ठी हुने

डिसी नेपाल
२५ मंसिर २०७६ ११:४७

धरान। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विज्ञान र मानविकीबीच साझेदारीको खोजीका विषयमा विचार गोष्ठीको आयोजना गर्न लागिएको छ। प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेल्फयर सोसाइटीले ‘एक्स्प्लोरिङ न्यू फ्रन्टायर्स अफ कोलाबरेसन ः मेडिसिन एन्ड ह्युम्यानिटिज’ विषयमा विचार गोष्ठी र छलफल कार्यक्रम गर्न लागेको हो।

‘सिम्पोसियम कम टक सो–५ नाम दिइएको उक्त कार्यक्रम आगामी पुस ४ र ५ गते प्रतिष्ठानको अडिटोरियम हलमा हुने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा विभिन्न चिकित्सा विज्ञान र मानविकीका विभिन्न आयामसँग सम्बन्धित विभिन्न पाँच विषयमा सहभागीसँग छलफल हुने बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति एवम शिक्षाध्यक्ष प्रा. डा. गुरु प्रसाद खनाल, नेपालका लागि अष्ट्रेलियन राजदुत पेट बड, समाजवादी चिन्तक एवम् नेता प्रदीप गिरि, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धारणा राख्नेछन्।

यसैगरी  राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान मेडिसिन बिभाग प्रमुख प्रा. डा. सन्जिव शर्मा, प्रसुती तथा स्त्रीरोग बिभाग प्रमुख प्रा. डा. मोहन चन्द्र रेग्मी, रोल्पा थवाङमा जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका सस्थापक जापानी हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रुचिकी इसिदा, सेतोपाटीका प्रधान सम्पादक अमित ढकाल, प्रा. डा. बद्री बडु, डा. मधुर बस्नेत, लेखक प्रा. सञ्जीव उप्रेतीले आफ्नो धारणा राख्ने छन्।

यसैगरी बिबिसीको एक सय प्रेरणादायी महिलाको सूचीमा पर्न सफल बोनिता शर्मा, प्रा. डा. अर्जुन कार्की, स्वास्थ्य खबरका प्रधान सम्पादक प्रवीण ढकाल, भुषिता भट्टराई, डा सागर पौडेल, कृष्ण राई र डा. एल. बि. बस्नेत लगायतले आ–आफ्नो धारणा राख्ने छन्। सो कार्यक्रम प्रा. डा. माधव लम्सालको संयोजकत्वमा संचालन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *