पार्टीदेखि बेडरुमसम्म अश्लिल भिडियो बनाउथे, यी शिकारी सुन्दरी

डिसी नेपाल
२५ मंसिर २०७६ १५:०६

काठमाडौं। भारतको मध्य प्रदेश हनी ट्रयाप काण्डले कयौं नेता र सरकारी अफिसरको निद्रा उडाएको छ। ब्ल्यामेकर सुन्दरीहरुले मध्य प्रदेशका सांसद, नेता तथा मन्त्री र सरकारी अफिसरको अश्लिल भिडियो बनाएर ठूलो रकम असुल्न थाले। एसआईटीका जाँचका क्रममा यी शिकारी ब्ल्यामेकर सुन्दरी युवतीले अहिलेसम्म करिव १५ करोड रकम असुलेका छन्। उनीहरुले ५० लाख देखि तीन करोडसम्म पैसा असुल गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

आफ्नो सुन्दरताको जालमा ठूलो ओहोदा भएका र पैसावाल व्यक्तिलाई फसाएर अश्लिल भिडियो खिच्ने र उनीहरुलाई ब्लयाकमेल गरेर रकम असुल्ने गरेको खुलासा भएको हो। उनीहरुले पहिला एक जना इन्जिनियरलाई फसाएका थिए। ती इन्जिनियर इन्दौर निगममा कार्यरत थिए। ती सुन्दरीहरुले ती इन्जिनिएरको अश्लिल भिडियो पनि बनाएका थिए। हरभजन सिंह नाम गरेको ती इन्जिनियरसँग आरती दयालले तीन करोड रुपैयाँ मागेकी थिइन्। यति ठूलो रकमको लेनदेन ती महिला एनजीओको आडमा गर्थिन्।

भारतीय संचारमाध्यमका अनुसार त्यहाँको प्रहरीलाई महिलाहरुले गोप्य रुपमा सेक्स रकेट संचालन गरेको पहिलादेखि नै थाहा थियो भने अर्कोतर्फ इन्जिनियर हरभजन सिंहसँग त्यति धेरै पैसा थिएन। त्यसपछि इन्जिनियरले प्रहरीमा उजुरी दिए। त्यसपछि प्रहरीले योजना बनाएर ब्ल्याकमेलर युवतीलाई इन्दौर बोलायो। र पक्राउ गर्यो।

ती महिला पक्राउ परेपछि प्रहरीले उनका सहयोगी अन्य तीन महिलालाई पनि पक्राउ गरेको छ। जुन आरती दयाललाई प्रहरीले पक्राउ गर्यो उनीसँग ल्याण्ड रोभर, मर्सिडिजजस्ता महंगो र विलासी गाडी रहेको खुलेको छ। आरती दयाल एक्लैसँग करोडौंको सम्पत्ति रहेको खुलेको छ।

प्रहरीको जाँचका क्रममा उनीहरु क्लबमा क्लाइन्ट फाउने बाहेक यी शिकारी महिला हाइप्रोफाइट पार्टीमा पनि जाने गर्थे। हनी ट्रयापमा पक्राउ परेका महिला लेट नाइट पार्टीका शोखिन थिए। उनीहरुको मोबाइल फोनमा मदिरा पार्टीका कयौं भिडियो भेटिएका छन्। शनिबार उनीहरु हाइवे पार्टीको नाममा पिकनिक मनाउँथे। हाइवे पार्टी भोपाल–इन्दौर फोरलेन रोडमा हुन्थे।

यी पाँच जना सुन्दरीको एउटा समूह थियो। उनीहरुले आफ्नो सुन्दरता जादू चलाएर सरकारी अफिसर, नेता, मन्त्री, कारोबारी र इन्जिनियरलाई आफ्नो शिकार बनाउँथे। उनीहरु धनी, व्यापारी र नेताहरुसँग कल गर्ल बनेर उनीहरुसँग दोस्ती बनाउथे। उनीहरुलाई आफ्नो जालमा फसाएपछि होटलको कोठासम्म पुग्थे। उनीहरुसँग अन्तरंग रमाइलो गर्ने र अश्लिल भिडियो बनाउने गर्थे। त्यसपछि उनीहरुसँग ब्ल्यामेल गरेर करोडौं असुल्थे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *