‘म यस्तो गीत गाउँछु २’को पहिलो गीतमा रोमान्टिक पल र पूजा
काठमाडौं। लभस्टोरी चलचित्र बनाउन माहिर निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक गरिएको हो।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ। उनीहरु रोमान्टिक अवतारमा प्रस्तुत छन्।
सौरभ लामाले खिचेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। गीतको अडियो र भिडियो दुबै बलियो बनेको छ। सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन्। सुदर्शन थापाको कथा रहेको चलचित्रको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले तयार पारेका हुन्।
चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
सांगीतिक प्रेम कथामा बनेको चलचित्र फागुनको २३ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment