रक्षा राणाको नेतृत्वमा चलचित्र निर्देशक समाज

डिसी नेपाल
२९ मंसिर २०७६ ११:४७

काठमाडौं। चलचित्र निर्देशक समाजको अध्यक्षमा रक्षा सिंह राणा विजयी भएकी छिन्।

शनिबार भएको अधिवेशनबाट निकटतम प्रतिद्वन्दी सुचित्रा श्रेष्ठलाई एक मतले पराजित गर्दै राणा अध्यक्षमा विजयी बनेकी हुन्। उनले ४५ मत प्राप्त गर्दा सुचित्राले ४४ मत प्राप्त गरिन्। त्यस्तै अध्यक्ष पदका अन्य उम्मेद्वार लक्ष्मण रिजाल र शेखर खनालले क्रमशः १९ र ३ मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा राजु अधिकारी र राजेन्द्र कुमार उप्रेती विजयी भए। महासचिव पदमा जनकदीप पराजुली विजयी भए भने सचिवमा अरुण कुमार प्रधान विजयी बन्न सफल भए।

कोषाध्यक्षमा समुन्द्र भट्ट र सह–कोषाध्यक्षमा हरी सिलवाल निर्विरोध निर्वाचित भए। सदस्यहरुमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने निर्विरोध निर्वाचित भए।

तीन वर्षे कार्यकालका लागि चलचित्र विकास बोर्डको हलमा भएको निर्वाचनमा सहभागी हुनुपर्ने जम्मा २१७ मतदातामा १३५ मत खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *