‘कथा काठमाण्डौ’ ट्रेलरमा पनि समेटियो प्रियङ्काको कामुक दृश्य (भिडियो)

डिसी नेपाल
१८ भदौ २०७५ ४:४५

काठमाडौँ। चलचित्र ’कथा काठमाण्डौ’ ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । रातको कुरा बोलको गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडि बढाएको चलचित्रले त्यसपछि दुई गीत सार्वजनिक गरिसकेको छ ।

टेलिभिजनकर्मी, म्युजिक भिडियो निर्देशक , पुस्तक लेखिका लगायतको पहिचान बनाइसकेकी सङ्गीता श्रेष्ठले यसै चलचित्रमार्फत डेब्यु गर्दैछिन् । चलचित्रमा उनले काठमाण्डौको तिन भिन्न भिन्न कथालाई देखाउने कोसिस गरेको बताएकी छिन । काठमाण्डौमा मुस्कान भित्र लुकेको व्यथा नै चलचित्रको मुख्य विषयवस्तु रहेको समेत बताएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता र निर्देशकसँगै कलाकार प्रमोद अग्रहरी, संजोग कोइराला र अभिनेत्री सन्ध्या केसी उपस्थित थिए ।

चलचित्रको कथा निर्देशक संगीताले नै लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुज सिंहको छायाङ्कन छ । चलचित्रमा प्रमोद अग्रहरी, प्रियङ्का कार्की,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ ।

अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । चलचित्रमा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् भने यसको भिएफएक्स र कलर भरत रेग्मीले गरिरहेका छन् । चलचित्र असोज १२ मा रिलिज हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *