नगरप्रमुख नेपालीद्वारा घर पुनःनिर्माणमा सहयोग

डिसी नेपाल
३० मंसिर २०७६ ८:२७

ढोरपाटन । ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले निसीखोला गाउँपालिका–१ देवीस्थानका छविलाल कुँवरको आगलागीले क्षति भएको घर पुनःनिर्माणमा आर्थिक सहयोग गरेका छन् ।

उनले घर पुनःनिर्माणका लागि नगद रु एक लाख, ५० बोरा सिमेन्ट, जस्तापातासहित निर्माण सामग्री सहयोग गरेका हुन् ।

चार कोठासहितको एकतले घर र शौचालय बनेको अग्निपीडित कुँवरले जानकारी दिए । “केही दिनमा नयाँ घरमा सर्ने तयारी गर्दैछु।” उनले खुशी हुँदै भने।

आगलागीले घर जलेपछि उनको परिवार आफन्तकोमा आश्रय लिएर बस्दै आएका थिए।

विपद्मा परेका व्यक्ति, परिवारको पुनःस्थापनामा सबैले सहयोग गर्नुपर्नुपर्छ नगरप्रमुख नेपालीले भन्नुभयो “दुःख, अप्ठेरोमा परेकालाई व्यक्तिगत रुपमा सहयोग गर्दै आएको छु, आफू पनि दुःखमै हुर्केकाले सहयोगको भावना जागिहाल्छ।”

नगरपालिकाले आगलागी, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ।

केही महिना अगाडि गलकोट नगरपालिका–९ मल्मका ७८ वर्षीय चन्द्रबहादुर र उहाँकी ८० वर्षीया श्रीमती सरस्वती राम्जालीका लागि नगरपालिकाले घर निर्माण गरिदिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *