थकाली सेवा समितिलाई भूपि पुरस्कार
बागलुङ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा स्थापित यस वर्षको भूपि पुरस्कार थकाली सेवा समिति बुटवललाई प्रदान गरिने भएको छ।
यसैगरी भूपि सम्मानद्वारा साहित्यकार मोहन चापागाईंलाई सम्मनित गरिने प्रतिष्ठानले जनाएको छ। भूपि पुरस्कारको राशि रु १५ हजार रहेको छ।
८५ औँ भूपि जयन्तीको अवसरमा आगामी पुस १२ गते ती पुरस्कार र सम्मान समर्पण गरिनेछ।
प्रतिष्ठानका अध्यक्ष काजी रोशनले समितिले भूपिको स्मृतिमा प्रवेशद्वार, शालिक, पुस्तकालय निर्माण तथा अक्षयकोष स्थापनालगायतका काम भएको जानकारी दिए ।
विसं २०७३ मा सो पुरस्कार कोषको स्थापना गरिएको थियो।
नेपाली साहित्यका विशिष्ट प्रतिभा भूपिको विसं १९९० पुसमा मुस्ताङ जिल्लाको थाक, टुकुचेमा जन्म भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment