नेकपाको स्थायी कमिटी बैठक : यी एजेण्डामा हुँदैछ छलफल

डिसी नेपाल
३० मंसिर २०७६ १२:३९

काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन साेमबार आज अध्यक्षद्वयले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरु भएको छ।

पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नुुनेछन्। आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार गरेकाे प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गर्दै सरकार र पार्टी कामलाई प्रभावकारी बनाउन जोड दिएका थिए।

प्रतिवेदनमा राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका कामकारवाही र उपनिर्वाचनको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन र पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषय उल्लेख छ।

बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ। बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावसमेत पेश गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *