टुँडिखेलको संरक्षणमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ : थापा

डिसी नेपाल
३० मंसिर २०७६ १९:१६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर टुँडिखेलको अस्तित्व जोगाउनुपर्ने बताएका छन् । अकुपाइ टुँडिखेल अभियानको एक प्रतितिनिधिमण्डललाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा भेट्दै उनले सो विषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गर्नुपर्ने सुझाव दिए।

“टुँडिखेललाई हरियो चौरका रुपमा मात्र नभई सांस्कृतिक सम्पदाका रुपमा विकास गर्नुपर्छ, रङ्गशालादेखि रानीपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नुपर्छ”, उनले भने ।
काठमाडौँ शहरको स्वच्छता कायम राख्न, आपत्कालीन समयमा प्रयोग गर्न तथा देशकै गौरव बढाउने राष्ट्रिय कार्यक्रम गर्न टुँडिखेल उपयोगी हुने बताउँदै उहाँले टुँडिखेल संरक्षणका निमित्त सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

विजय श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देन, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेललगायतको सहभागिता रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *