अमेरिकाको न्यूयोर्कमा कागजपत्रविहीन आप्रावासीलाई ‘ड्राइभिङ लाइसेन्स’ र स्टेट आइडी’
Photo-CNN
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा कागजपत्रविहीन आप्रावासीले ‘ड्राइभिङ लाइसेन्स’ र ‘स्टेट आइडी’ पाउन थालेका छन् । अमेरिकाको द एम्पायर स्टेट न्यूयोर्कले सोमबारदेखि कागजपत्रविहीनलाई पनि ड्राइभिङ लाइसेन्स र स्टेट आइडी दिन थालेको हो ।
न्यूयोर्क राज्यको दुवै ससदले पारित गरेको विधेयकअनुसार डिसेम्बर १४ तारिख शनिबारदेखि लागू भएको यो प्रावधान विकेन्डका कारण सोमबारदेखि सुरू भएको हो।
न्यूयोर्कमा कागजपत्रविहीन आप्रवासीहरूको संख्या उल्लेख्य छ । यो व्यवस्थाबाट उनीहरूले ठूलो राहत पाउने अपेक्षा गरिएको छ । अब न्यूयोर्कमा जो सुकैले पनि गैर व्यापारिक सवारी चालक अनुमती पत्र र स्टेट आईडी पाउनेछन् ।
यस्तो प्रावधान लागू गर्ने न्युयोर्क अमेरिकाको १३औं राज्य हो। यसअघि अमेरिकाका १२ वटा राज्य क्यालिफोर्निया, नेभादा, उटाह, वासिङ्टन, इलिनोय, भर्मन्ट, मासाचुसेट्स, मेरिल्याण्ड, डेलावर पुर्टो रिको,कोलोराडो, न्यू मेक्सिको, वासिङ्टन डीसीमा यो व्यवस्था प्रदान गर्दै आएका थिए । न्युयोर्कमा २००१ भन्दा पहिला पनि कागजपत्रविहिन आप्रावासीहरुले यो सुविधा पाउँथे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment