चलचित्र निर्माता सुशील पोखरेललाई मातृशोक
आमाका साथ चलचित्र निर्माता पोखरेल
काठमाडौं। चलचित्र निर्माता सुशील पोखरेललाई मातृशोक परेको छ। उनकी आमा भीमकुमारीको मंगलबार बिहान ७२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धित गर्दै चलचित्र वितरक गोपाल कायस्थले जानकारी दिए।
मृतक भीमकुमारी लामो समयदेखि दमको बिरामी थिइन्। उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ।
सुशीलले ‘जीवनदाता’, ‘मैदान’ ‘जय शिव शंकर’, ‘राधे’, ‘यात्रा’ लगायतका चलचित्र निर्माण गरेका छन्। उनी चलचित्र निर्माता निर्माता समाजका कोषाध्यक्ष तथा चलचित्र वितरण कम्पनी ‘एफडी’का संचालक समेत हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment