सार्कमा मेडल जित्ने बागलुङका खेलाडीलाई गृह जिल्लामा स्वागत
बुर्तिबाङ । १३ औं दक्षिण एसियाली खेलकुल (साग) प्रतियोगीतामा पदक विजेत बागलुङको तमानखोला गाउँपालिकाका दुई जना खेलाडीलाईबुर्तिवाङ्गमा सम्मान गरिएको छ।
क्षेत्रिय दलित संजाल क्षेत्र नं. २ बागलुङले बुर्तिबाङमा एक कार्यक्रमकाबीच नगद सहित सम्मान गरेको हो।
गत मंसिर १५ देखि २४ सम्म काठमाण्डौमा सम्पन्न सागमा नेपालका तर्फबाट कराँते प्रतियोगीतामा सहभागी भई स्वर्ण पदक विजेता तमानखोलाका नविन रसाईली र कास्य पदक विजेता उनका भाई राजकुमार रसाईलीलाई ५/५ हजार रुपैयाँ सहित सम्मान गरेको हो।
तमानखोला गाउँपालिकाको वडा नं. २ भयरबोंगा घर भएका स्वर्ण र कास्य पदक विजेता दुई भाईलाई ढोरपाटन ननगर उपप्रमुख करमति पुनले सम्मान गरेकी थिईन् ।
पदक विजेता खेलाडी सहित बुर्तिबाङमा रहेका कराँते, तेक्वान्दो खेलाडी, स्थानिय समाजसेवी, बुद्धिजिवी, दलित अधिकारकर्मीहरुले बुर्तिबाङ बजार परिक्रमा गरी बसपार्कमा सम्मान तथा अभिनन्दन गरिएको थियो।
यस्तै सोही अवसरमा विश्वकर्मा समाज बुर्तिबाङले पनि नगद रु. ५ हजार सहित खादा अविर लगाएर सम्मान गरेको थियो।
सम्मानित भएपछि स्वर्ण पदक विजेता नविन रसाईली र कास्य पदक विजेता राज कुमार रसाईलीले, खेलकुदमा राजनीति र भ्रष्टाचारले प्रवेशा पाउन नहुने बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment