‘धुर्मुस–सुन्तली’ले सार्वजनिक गरे ‘सेन्टी भाइरस’को गीत

डिसी नेपाल
३ पुष २०७६ १६:१८

काठमाडौं। सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ‘फनफनी’बोलको गीत सार्वजनिक गरिएको हो।

डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा मेलिना राई र कालिप्रसाद बास्कोटाको स्वर सुन्न सकिन्छ।

गीतमा चलचित्रका कलाकारहरु सिताराम, कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल लगायतका कलाकारका साथमा लोकप्रिय मोडल अञ्जली अधिकारीको नृत्य हेर्न सकिन्छ। शकर बिसी यस गीतको कोरियोग्राफर हुन्।

‘सेन्टी भाइरस’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेका चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ। डिन्डु लामा ह्योल्मोले लगानी रहेको शैलेन्द्र डि. कार्कीले छायांकन गरेको चलचित्र सम्पादनको जिम्मा निमेश श्रेष्ठले लिएका छन्। सानो पर्दा हुँदै समाज सेवामा केन्द्रित धुर्मुस–सुन्तली ‘सेन्टी भाइरस’मार्फत कथानक चलचित्रमा होमिएका हुन्। चलचित्र फागुन ९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *