अनलाइन पत्रकारितको विश्वसनीयता घटेकोमा चिन्ता

डिसी नेपाल
४ पुष २०७६ १५:१०

काठमाडौं। नेपालमा अनलाइन पत्रकारिताको विश्वसनीयता घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।

अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा सरोकावालाहरुले चिन्ता व्यक्त गरेका हुन्। कार्यक्रममा पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाइनहरुको संख्या बढेको बताए।

समाचार स्रोतको रुपमा अनलाइन प्रयोग गर्नेहरुको संख्या बढेपनि समाचारमाथिको विश्वसनियतामा अझैपनि पाठक ढुक्क बन्न नसकेको उनको धारणा थियो।

प्रवेश सुवेदीले अनलाइनकै कारण नेपाली युनिकोड विश्वव्यापी भएपनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौ रुपैयाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *