‘इन्डियन आइडल’मा पुगिन अभिनेत्री निरुता सिंह

डिसी नेपाल
४ पुष २०७६ १८:५६

काठमाडौं। अभिनेत्री निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’मा पुगेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत निरुताले यो कुराको जानकारी दिएकी हुन्। उनले फेसबुकमा सानो भिडियो बनाएर सार्वजनिक गरेकी छिन्।

लामो समयदेखि मुम्बईमै बस्दै आएकी निरुता नेपाली अभिनेत्रीको रुपमा इन्डियन आइडलमा पुगेकी थिइन्। उनले त्यहाँ एकदमै राम्रो समय विताएको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए। आदित्य नारायणलाई धेरै धेरै धन्यवाद।’

निरुता पछिल्लो समय भुवन केसीको चलचित्र क्याप्टेनको एउटा गीत र मह जोडीको चलचित्र ‘दालभात तरकारी’मा अभिनय गरेकी थिइन्। उनी गत कात्तिकमा विरगन्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ सहभागी हुन नेपाल आएकी थिइन्।

उनले दक्षिणा, दर्पण छायाँ, अजम्बरी नाता, बन्धकी, आफ्नो मान्छे, पिंजडा, आगो, ठूल्दाई जस्ता चर्चित चलचित्रमा अभिनय गरेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *