जल शाहकी आमा साहित्यकार प्रेमाको स्मृतिमा ५१ हजारसहित २ प्राविधिक सम्मानित
तस्वीर सौजन्य: आर्यन विमली
काठमाडौं । साहित्यकार प्रेमा शाहको स्मृतीमा स्थापित गरिएको प्रेमा शाह प्राविधिक सम्मानबाट चलचित्र क्षेत्रका २ जना प्राविधिकलाई सम्मान गरिएको छ।
राष्ट्रिय नाचघरमा आयोजित प्रेमा शाह स्मृति सभामा दुई जना प्राविधिकलाई नगद एकाउन्न हजारसहित सम्मान गरिएको हो।
सम्मानित हुने चलचित्र प्राविधिकहरुमा उद्धवराज भट्टराई (जुँगे) र चन्द्रिका ठाकुर रहेका छन्। भट्टराई तीन दशकदेखि चलचित्र क्षेत्रमा कला निर्देशकको रुपमा कार्यरत छन् भने ठाकुर झण्डै तीन दशकदेखि चलचित्रमा प्रकाश व्यवस्थापको रुपमा कार्यरत छन्। दुबै जनालाई चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रथम नायिका भुवन चन्द्र लगायतको हातबाट सम्मान प्रदान गरिएको हो।

चर्चित नायिका जल शाहकी आमा समेत रहेकी प्रेमा शाहको दुई बर्षको स्मृति सभालाई लक्षित गरेर नायिका जल शाहले प्राविधिक सम्मान घोषणा गरेकी हुन्। बार्षिक रुपमा प्राविधिकहरुलाई प्रेमा शाह स्मृति प्राविधक सम्मान प्रदान गरिने पनि जनाईएको छ।
कार्यक्रमलाई नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले संयोजन गरेको हो। नेफ्टाका अध्यक्ष पुष्कर लामाले चलचित्र क्षेत्रबाट टाढा रहेपनि चलचित्रका प्राविधिकहरुलाई माया गरेर आमाको सम्झनामा सम्मान घोषणा गरि प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे।
यस्तै स्मृति सभामा निर्देशक रमेश बुदाथोकी, घनश्याम खतिवडा, दयाराम दाहाल, नायक रमेश उप्रेती, प्रथम नायिका भुवन चन्द, बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालगायतले प्रेमा शाहको बारेमा मन्तव्य राख्दै श्रदाञ्जली अर्पण गरेका थिए। पछिल्लो समय नेपाल चलचित्र प्राविधिक संघ र यसका अध्यक्ष पुष्कर लामा चलचित्र क्षेत्रमा भईरहेका विभिन्न गतिविधीमा सक्रिय देखिन थालेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment