अभिनेत्री अदिति गुप्ताले गरिन् इन्गेजमेन्ट, बेहुला हेर्नुस् अनि…

डिसी नेपाल
१९ भदौ २०७५ १०:०६

मुम्बई। बलिउड फिल्म उद्योगमा यतिबेला विवाहको सिजन चलिरहेको छ। अहिले प्रियंका चोपडकाको इंगेजमेन्टको चर्चा सेलाउन नपाउँदै अर्को एक इंगेजमेन्टको समाचार सार्वजनिक भएको छ। तर यो इंगेजमेन्ट फिल्म अभिनेत्रीको नभइ टिभी अभिनेत्री हो।

 

 तपाइँले फोटो हेरेरै चिनिसिक्नु भएको होला, यदि चिन्नु भएन भने उनको नाम अदिति गुप्ता हो। यो सानो पर्दाको चर्चित र लोकप्रिय नाम हो। किस देस में है मेरा दिल, कुबुल है जस्ता टिभी शोमा काम गसिकेकी अदितिले इश्कबाजमा पनि अभियन गरिसकेकी छन्।

 

 टिभीकी चर्चित अभिनेत्रीले कबीर चोपडासँग इंगेजमेन्ट गरेकी छन्। उनका श्रीमानका विषयमा धेरै कुरा सार्वजनिक भएको छैन।
इंगेजमेन्टका केही तस्वीर पनि अदितिका नजिकका साथी करन पटेल, क्रिस्टल, डिसुजा, किश्वर मर्चेन्ट रिद्दिमा पण्डितले सामाजिक संजालमा शेयर गरेका हुन्।

 

आफ्नो जीवनको नयाँ सुरुवातमा अदितिले गत वर्षसम्म विवाहका विषयमा सोच बनाएकी थिइनन्। उनले यति चाँडै विवाह गर्ने विषयमा सोच नबनाएको बताएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *