नेजाको सातौं अधिवेशन न्यूयोर्कमा हुने
न्यूयोर्क, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ।
अधिवेशन सम्पन्न गर्न संघकी उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई संयोजक चयन गरिएको छ।
संघ कार्यसमितिको ८ डिसेम्बर २०१९ मा संघका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कन्फ्रेन्स कल बैठकले अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे २ र ३, २०२० मा अधिवेशन गर्न लागिएको हो ।
अधिवेशन सफल पार्न सहयोग गर्न र सहभागी हुन उत्तर अमेरिकामा रहेका पत्रकारहरुमा नेजाले विशेष अनुरोध समेत गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment