नेपाल तामाङ कलाकार संघ मलेसियाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः फुर्वा दोर्जे 

डिसी नेपाल
७ पुष २०७६ १३:५९
12
Shares

मलेसिया । नेपाल तामाङ कलाकार संघ मलेसियाको प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ। आइतबार होटेल ग्रान्ड कन्टिनेटलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुनः फुर्वा दोर्जे मोक्तान तामाङ पुन निर्वाचित भएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष बिपिन राईको प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष राजेन्द्र वाइबाको विशेष अतिथिमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई उद्‌घाटन गरिएको थियो।

प्रवासमा रहेर पनि गीत, संगीतलाई संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाको वार्षिकोत्सव कार्यक्रममा विभिन्न संघ संस्थाको पदाधिकारी, पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा तामाङ भाषाको गीत, नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेको थिए ।

अधिवेशनले संरक्षकमा जगत दोङ तामाङ, प्रमुख सल्लाहकारमा कोष बोम्जन तामाङ, सल्लाहकारमा मिङमार मोक्तान तामाङलाई चयन गरेको छ ।

त्यस्तै नयाँ कार्यसमतिको बरिष्ठ उपाध्यक्षमा तेन्जिङ लो तामाङ, महिला उपाध्यक्षमा साईली माया थिङ तामाङ ९सन्जना०, उपाध्यक्षमा सोनम दोङ तामाङ, महासचिवमा अमिर लोप्चन तामाङ, सचिवमा सुमन पाखृन तामाङ, सहसचिवमा सिन्धु थोकर तामाङ, कोषाध्यक्ष छेवाङ पाखृन तामाङ र सहकोषाध्यक्षमा दीपक थिङ तामाङ चयन भएका छन् ।

त्यसैगरी निर्वाचित सदस्यहरूमा प्रविण मोक्तान तामाङ, जीवन थोकर तामाङ, नवीन लुङ्बा तामाङ, टुल्कु वाईबा तामाङ, रोहित मोक्तान तामाङ, सरोज बोम्जन तामाङ, दिनेश बल तामाङ, रिक्देन पाख्रिन तामाङ, मनिषा स्याङतान तामाङ, राजु योन्जन तामाङ, सानू माया स्याङतान, मनिषा स्याङतान तामाङ,पाल्साङ तितुङ तामाङ, सरिल तितुङ तामाङ,बिलाब गोले तामाङ, देवान योन्जन तामाङ,सबिन योन्जन तामाङ, सुवास योन्जन तामाङ, सुमित स्याङतान तामाङ, सविना लोप्चन तामाङ, सुनीता थिङ तामाङ, ज्ञान धोज बोम्जन तामाङ र छविलाल बोम्जन तामाङ रहेका छन् ।

कार्यक्रम संघका अध्यक्ष फुर्वा दोर्जे मोक्तान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *