इराकमा नेपाल मगर संघले माघेसंक्रान्ति मनाउँदै

डिसी नेपाल
७ पुष २०७६ १८:४३
8
Shares

कुर्दिस्तान । नेपाल मगर संघ कुर्दिस्तान शाखा इराकले एक कार्यक्रमबाबीच माघेसंक्रान्ति मनाउँदै छ । विश्वभर रहेका सम्पूर्ण मगरहरुको एकता, जातिय पहिचान, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन आजको आवश्यकता भन्ने नारा सहित आउदो २०२० जनवरी १० शुक्रबारका दिन कार्यक्रम गरी माघेसंक्रान्ति मनाउन लागिएको नेपाल मगर संघ शाखा कुर्दिस्तानले जनाएको छ ।

ईराक कुर्दिस्तानमा नब गठित नेपाल मगर संघ शाखा कुर्दिस्तान , इराकले प्रवासमा रहेका नेपालिहरु बिच भाइचारा सद्भाव कायम गर्न कार्यक्रमले सहयोग गर्ने जनाएको छ । इराकको कुर्दिस्तान स्थित इर्बिल शहर नबरोज हलमा १० जनवरी २०२० शुक्रवारका दिन हुने कार्यक्रम सफल पारिदिनको लागि सहयोग गरिद्नुहुन सम्पूर्ण संघ संस्थाहरुलाई अनुरोध समेत गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *