भुवा पर्वका दिन पुस १० गते सार्बजनिक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ।
यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ।

डोजरमा आगजनीः
कैलालीको पूर्वी क्षेत्र लम्कीचुहा नगरपालिकाको रोरा नदी छेउमा रोकिराखेको से३क ३४२१ नंको डोजरमा गए राति आगजनी गरिएको छ।
देउती निर्माण सेवाको उक्त डोजरमा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक ओमप्रकाश बटालाले बताए।
घटनास्थलमा फेला परेको नेकपा नामको पर्चामा पर्यावरणको प्रभावसम्बन्धी कुनै मापदण्ड पूरा नगरी प्राकृतिक स्रोतको दोहन गरिएको उल्लेख गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment