गोपीकृष्ण मुभिजले सौगात र सृष्टीलाई लिएर ‘माईकल अधिकारी’ बनाउने
काठमाडौं। गोपीकृष्ण मुभिजले ‘माईकल अधिकारी’नामको चलचित्र बनाउने घोषणा गरेको छ।
पछिल्लो समय गतवर्ष ‘रोज’ बनाएको गोपिकृष्ण मुभिजले सेरोगेसी (भाडाको काख) मुद्दामा यो चलचित्र बनाउने घोषणा गरेको हो।
चलचित्रमा रञ्जित रौनियारको कथा तथा निर्देशन रहनेछ। घोषणासँगै चलचित्रको सांकेतिक पोस्टर पनि सार्वजनिक गरिएको छ।
उद्दव पौडेलको प्रस्तुति, निरक पौडेलको निर्माण रहने चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठ कलाकारको रुपमा फाइनल भैसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment