कुरानमा ‘पैगम्बर’को भन्दा धेरै छ ‘ईसा’को नाम तर मुस्लिमहरु किन क्रिसमस मनाउँदैनन् ?

डिसी नेपाल
९ पुष २०७६ १३:०२

काठमाडौं। आज अर्थात २५ डिसेम्बरको दिन पश्चिमा देशका नागरिकहरुको लागि विशेष दिन हो । इसाइ धर्म मान्नेहरु यो दिनलाई जिससको जन्मदिनको रुपमा मनाउँछन् । रोचक त के भने इसाइ धर्मका प्रवर्तक जिसस र मुस्लिम धर्मबीच खास र रोचक सम्बन्ध छ । दुवै धर्ममा धेरै असमानता हुँदाहुँदै पनि इस्लामले इसाइ धर्मलाई सम्मानको दृष्टिले हेर्छ ।

क्रिसमसको अन्य कुनै धर्मसँग कुनै लिनुदिनु छैन र मुस्लिम समुदायका मानिसहरु पनि क्रिमस मनाउँदैनन् तर ईसाप्रति उनीहरुको आस्था भने प्रस्ट देखिन्छ । मुस्लिम समुदायमा ईसालाई इसाइ धर्मका पैगम्बर मानिन्छ । कुरानमा पनि ईसा र मेरीको नाम उल्लेख छ । यसका बावजुद ईद र क्रिसमसको उत्सवमा धेरै फरक छ ।

अरबी भाषामा जिससलाई नै ईसा भनिन्छ । मुस्लिम परिवारमा आज पनि छोराको नाम ईसा राख्ने प्रचलन छ । बीबीसीको एक रिपोर्टअनुसार कुरानमा कैयौं पटक ईसाको नाम उल्लेख गरिएको छ । यहाँसम्म कि पैगम्बर मोहम्मदको भन्दा धेरै इसाको नाम उल्लेख गरिएको छ । अर्को रोचक कुरा कुरानमा केवल एक महिलाको नाम उल्लेख गरिएको छ । ती महिला इसाकी आमा मेरी हुन् ।

कुमारी मेरीलाई अरबी भाषामा मरियम पनि भनिन्छ । कुरानमा मरियमको नामको एउटा पूरा च्याप्टर नै छ । यसमा इसा मसिहको जन्मको कथा बयान गरिएको छ । कैयौं मुस्लिम परिवारमा छोरीको नाम पनि मरियम राखिन्छ । यो नाम ईसाकी आमा मरियमको हो । यद्यपि बाइबलमा भने कतै पनि मोहम्मद वा इस्लाम शब्द उल्लेख छैन ।

बेल्जियमको एक चर्चमा त १७ औं शताब्दीका मूर्तिहरुमा इस्लामका पैगम्बरलाई स्वर्गदूतहरुको खुट्टामुनि दबिएको देखाइएको छ । यद्यपि आजको समयमा इसाइ धर्म यस किसिमका सोचको समर्थन गर्दैन । मानिसहरु आफूले क्रिसमस नमनाउने भए पनि इसाइहरुलाई यो उत्वको शुभकामना दिन्छन् र समय मिलेमा उत्सवमा सहभागी हुन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *