यो गीत हेर्नुहोस्, ह्रस्व दीर्घको नियम सिक्नुहोस्

डिसी नेपाल
२० भदौ २०७५ ४:३०

काठमाडौं । तपाईलाई ह्रस्व दीर्घका नियमबारे कति जानकारी छ रु कति व्यक्तिहरु जानकार हुनुहुन्छ होला, कति व्यक्तिहरु भने पक्कै पनि झुक्किदै आउनुभएको छ । अबभने नेपाली व्याकरणमा ठूलो महत्व बोकेको ह्रस्व दीर्घका नियमसम्बन्धी जानकारी लिन सकिने गरि गीत नै तयार भएको छ ।

‘नेपाली व्याकरण’ शीर्षकमा तीजको भाकामा सार्वजनिक भएको गीतलाई विमल घिमिरेले लेखेका हुन । उनि नेपाली भाषाका शिक्षक हुन । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्दमा रहेको गीतमा शारदा पराजुलीले आवाज भरेकी छिन् ।

गीतमा राजकुमार घिमिरेको लय छ । गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ । गीतको भिडियोको छायाँकन स्कूल परिसरमै गरिएको छ । प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका सबैका लागि यो गीत उपयोगी देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *