प्रधानमन्त्री ली र आबेबीच भेटवार्ता

डिसी नेपाल
९ पुष २०७६ २२:३१

छेन्दु । चीनका प्रधानमन्त्री ली खछ्याङले बुधबार सछ्वान प्रान्तको तुच्याङयान शहरमा जापानका प्रधानमन्त्री शिन्जो आबेसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री लीले भने, “चीन र जापानले चार राजनीतिक दस्तावेजमा निश्चित सिद्धान्तको पालना गरी इतिहासबाट सिकेर भविष्यमा संवेदनशील समस्याको सावधानीपूर्ण समाधान खोजेर दुई देशको सम्बन्धलाई सही मार्गमा फर्काउने आधारमा अझ विकास गर्नुपर्छ ।”

चीनले जापानसँग दुई पक्षबीचमा अझ बढी उच्चस्तरीय आदान–प्रदानका लागि राम्रो वातावरणको सिर्जना गर्ने आशा गरेको पनि उनले बताए ।

विश्वका प्रमुख अर्थतन्त्र चीन र जापान एक आपसका लागि मुख्य व्यापारिक साझेदार हुन् । चीनले सेवा उद्योगको खुलापनलाई विस्तार गर्दैछ । यसबाट दुई देशको सहकार्य गर्न अझ बढी अवसर मिलेको प्रधानमन्त्री लीले व्यक्त गरे।

दुई एशियाली मुलुकले क्षेत्रीय तथा विश्व शान्ति, स्थिरता, विकास तथा समृद्धिका लागि जिम्मेवारी वहन गरेको प्रधानमन्त्री आबेले भेटका क्रममा बताए। दुई पक्षले उच्चस्तरीय आदान–प्रदानलाई घनिष्ट पार्नुका साथै वार्तालाई सबल पारी सम्बन्धको नयाँ युगको सिर्जना गर्नुपर्ने पनि प्रधानमन्त्री आबेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *