सालीन स्वभावका गायक रामकृष्ण ढकालले जब आशा भोस्लेको गोडा ढोगे…

डिसी नेपाल
१० पुष २०७६ १९:०९
28
Shares

काठमाडौं । ‘फलेको हाँगो कहिले छ र ननिहुँरी रहेको’ । रेडियो नेपालको रिहर्सल कक्ष । ख्याति प्राप्त नेपाली सांगीतिक क्षेत्रका मान्छेहरुको भिड । धेरै चर्चित अनुहार । चर्चित अनुहार मध्यबाट एक अनुहारले अर्को अनुहारको खुट्टा ढोग्न पुग्छ । बुढेसकाल लागि सक्थ्यो सामान्य जीवनयापन भएको भए । तै पनि बुढेसकालले छोएको आभास हुदैँन आवाज सुन्दा ।

उमेरले ८०औं बसन्त पार गरेकी आशा भोस्ले बिहिबार जव रेडियो नेपालको स्टुडियोमा रिहर्सलको लागि पुगिन । नेपाली साँगीतिक आकासका एक धुर्व तारा रामकृष्ण ढकाल पनि देखिए । सम्बोधनको क्रममा सालीन स्वभावका रामकृष्ण ढकालले आशाको खुट्टा छोएर ढोंगे । आशाले आर्शिवाद दिइन् । आशाको आर्शिवादले बुधबार मिडियामा आएका समाचारहरु झुटा साबित हुन सक्लान नसक्लान हेर्न बाँकी छ । आशा भोस्ले संग शनिबार हुने साँगीतिक कार्यक्रममा रामकृष्ण ढकालले ‘मोहोनी लाग्ला है’बोलको गीत गाउने छन् ।

नेपाली साँगीतिक आकासका धुर्वतारामानिएका ढकालले आशा भोस्लेको खुट्टा ढोग्दै गर्दा उपस्थित सबैको ध्यान ढकाल तर्फ थियो । ढकाल तर्फ ध्यान जाने अर्को कारण के पनि छ भने बुधबार मात्र नेपाली सञ्चार माध्याममा रामकृष्णको निजी जीवनको कुराले राम्रै स्थान पाएको थियो । रामकृष्ण ढकालले कुनै आधिकारीक प्रतिकृया भने दिएका छैनन् । जिल्ला अदालत काठमाडौंले रामकृष्णको वैवाहिक जीवनलाई रथका पाङ्ग्रा अलग भएको घोषणा गरेको थियो ।

साधना कला केन्द्र पुतलिसडकले आमन्त्रण गरेर आशा भोस्ले नेपाल आएकी हुन् । उनले २८ डिसेम्बर अर्थात यही शनिबार काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोस्ले’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुती दिनेछिन्। संगीतकार रञ्जित गजमेरको संगीतमा भोसलेले गीत गाउने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। त्यहाँ संगीतकार रञ्जित गजमेर र गायिका आशा भोस्लेलाई सम्मान गरिनेछ।

‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हाल्यो’, ‘मोहनी लाग्ला है’, ‘किन बढ्दै छ ढुकढुकी मुटु’को लगायतका दर्जनौं नेपाली गीत कालजयी छन्। भोस्लेले संगीतकार गजमेरको सम्पर्कमा नेपाली गीत गाएकी हुन्। गजमेर थुप्रै नेपाली र हिन्दी फिल्मका चर्चित संगीतकार हुन्

तस्बीर : रमन मानन्धर/डिसी नेपाल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *