गायन विधाका कलाकारलाई प्रशिक्षण दिँदै लोक दोहोरीगीत प्रतिष्ठान

डिसी नेपाल
११ पुष २०७६ ११:०४

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नयाँ प्रयासको शुरुवात गरेको छ। प्रतिष्ठानले लोकदोहोरीमा गायन विधाका कलाकारहरुलाई प्रशिक्षण दिन लागेको हो।

आगामी माघ महिनाबाट प्रशिक्षण कार्यक्रम शुरु गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रमेश विजीले जानकारी दिए। ‘दोहोरी गाएर मात्र हुँदैन्, आधारभूत ज्ञान लिन पनि जरुरी छ भन्ने लागेर प्रशिक्षण कार्यक्रम शुरु गर्न लागेका हौं’– अध्यक्ष विजीले डिसी नेपालसँग भने।

प्रतिष्ठानको आफ्नै भवनमा हुने प्रशिक्षणको अवधि ६ महिनाको हुनेछ। ख्यातीप्राप्त गायन प्रशिक्षकद्धारा प्रशिक्षण दिईने जनाईएको छ।

प्रतिष्ठानका अनुसार प्रशिक्षणमा पहिलो समूहको भर्ना समेत सुरु भैसकेको छ। प्रशिक्षणमा सहभागी हुन चाहानेले बिहान–बेलुका आफ्नो समय अनुकुल प्रशिक्षण लिन सकिने बताईएको छ। प्रशिक्षणमा सहभागीको लागि फाराम शुल्क १ सय रुपैयाँ र प्रशिक्षण शुल्क ६ हजार रुपैयाँ तोकिएको छ।

लोकदोहोरीमा विकृतीका कुराहरु धेरै पहिलेदेखि चल्दै आएको छ। यस किसिमको प्रशिक्षणले त्यसलाई कम गर्न केही मद्धत गर्ने प्रतिष्ठानले अपेक्षा लिएको छ। प्रतिष्ठानले गर्न लागेको यो प्रयासको अहिले धेरैले प्रसंशा समेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *