बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना
एजेन्सी। बलिउड अभिनेता एंव ट्राजेडी किङ दिलीप कुमार अस्पताल भर्ना भएका छन्। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
भारतीय संचारमाध्यमका अनुसार दिलीप कुमारको आधिकारिक ट्वीटर अकाउन्टमा उनी अस्पताल भर्ना भएको स्टाटस पोस्ट समेत गरिएको छ।
उनलाई मुम्बईस्थित लिलावती अस्पतालमा भर्ना गरिएको उनको ट्वीटरमा उल्लेख गरिएको छ।
९६ वर्षीय दिलीप कुमार अहिले सोही अस्पतानका चिकित्सकहरुले हेरचाह गरिरहेका छन्। उनी वृद्ध भएकै कारण आजभोली घरमै दिन बिताउँकछन्। घरमा उनको हेरचाह उनकी श्रीमती सायरा बानोले गर्छिन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment