आजदेखि पोखरामा सडक महोत्सव सुरु

डिसी नेपाल
१२ पुष २०७६ ६:४७

पोखर । रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) पोखराले लामो समयदेखि गर्दै आएको पोखरा सडक महोत्सव आज शनिबारदेखि शुरु हुँदैछ।

पोखराको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यले ‘सडकमै खाऊँ सडमै नाचौँ र सडकमै रमाऊँ’ भन्ने नारासहित विगत २१ वर्षदेखि रेवान पोखराले महोत्सवको आयोजना गर्दै आएको हो।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, विभिन्न देशका खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, कृषि उपज प्रदर्शनी साथै पोखराका रमणीयस्थलको वृत्तचित्रसमेत प्रदर्शनी गरिने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

बरालले पर्यटकीय केन्द्र लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

रेवानका अध्यक्ष भीमसेन भुजेलले सडक महोत्सवले पोखराको पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा पुर्याउन सफल भएको भन्दै यो वर्षको सडक महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल पार्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक झाँकीसहितको र्यालीले थप रौनकता प्रदान गर्ने उनको भनाइ छ।

उनले महोत्सवले पोखराको करिब १० देखि १५ करोडको कारोवार हुने अनुमान गरिएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *