आशा भोसलेसँग रामकृष्ण ढकालले सोल्टीमा गाए ‘मोहनी लाग्ला है…’
आशा भोसलेसँग गीत गाउँदै रामकृष्ण ढकाल
काठमाडौं। भारतीय चर्चित गायिका आशा भोसले शनिबार साँझ राजधानीमा गुञ्जिइन्। ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रममा आशाले आफ्ना गीतहरुले उपस्थितलाई झुमाइन्।
साधना कला केन्द्रको आयोजनामा भएको कार्यक्रममा आशाले ‘झरी बनी आएछ सावन’, ‘किन बढ्दैछ ढुकढुकी मेरो’, ‘डाँडा खोला’ गीत प्रस्तुत गरिन्। अर्को चर्चित गीत ‘मोहनी लाग्ला है…’मा उनलाई नेपालका चर्चित गायक रामकृष्ण ढकालले साथ दिएका थिए। कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जित गजमेरमा दर्जन बढी गीत प्रस्तुत गरिएको थियो।

चर्चित गायिका भोसलेको ८६ वर्षको उमेरमा पनि आवाजमा कुनै कमी थिएन्। उनले प्रस्तुती दिईरहँदा उपस्थित दर्शक दीर्घामा सिट्ठी र तालीको गडगडाहट सुनिन्थ्यो। बुधबार नेपाल आएकी आशा सोमबार भारत फर्कनेछिन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment