‘ट्वीन्स गर्ल’को नृत्य रहेको ‘लभ डायरीज’ चलचित्रको गीत सार्वजनिक

डिसी नेपाल
१४ पुष २०७६ १६:३९

काठमाडौं। चलचित्र ‘लभ डायरीज’को दोस्रो गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा चलचित्रका मुख्य अभिनेता सुशील श्रेष्ठ, नव–अभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिज्मा र प्रिन्सी खतिवडाले ठुम्का लगाएका छन्। टिकटक भाइरल हुँदै म्युजिक भिडियोमा ब्यस्त प्रिज्मा र प्रिन्सीले पहिलो पटक चलचित्रको गीतमा नृत्य गरेका हुन्।

अर्जुन पोखरेल शब्द र संगीतवद्द, गीतमा दुर्गा खरेल, सुरेश लामा र वाल गायिका कमला घिमिरेको स्वर रहेको छ। गीतको अन्तिममा लोकदोहोरीको केही अंश समावेश छ। जहाँ कमला घिमिरेको स्वर सुन्न सकिन्छ। भिडियोका कोरियोग्राफर प्रविन सिँह हुन्।

‘लभ डायरीज’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ।

संजय लामाले खिचेको चलचित्र सम्पादनको जिम्मा मिलन श्रेष्ठले लिएका छन्। मधु बास्तोलाको कथा र पटकथा रहेको चलचित्रमा सम्पादक साहिल खानले सह–निर्देशकको काम सम्हालेका छन्। विनोद सापकोटा निर्माता रहेको चलचित्रको सह निर्माता सरोज तुलाधर हुन्।

यो चलचित्र भ्यालेन्टाइन डेको अवसर पारी फागुन २ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *