मुख्यमन्त्री गुरुङद्वारा ल्होसारको शुभकामना

डिसी नेपाल
१५ पुष २०७६ ७:३३

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व कायम गर्ने बताएका छन् ।

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरे ।

नयाँ वर्षका रूपमा गुरुङ समुदायले मनाउने पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन् ।

सांस्कृतिक परम्पराका धनी नेपालका तमु (गुरुङ) समुदायले सदियौँदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै आइरहेको बताउँदै उनले सन्देशमा भनेका छन्, “यस वर्ष तमुजातिले फो ल्हो मृग वर्गलाई बिदाइ र च्यू ल्हो मुसा वर्गको स्वागत गर्दै नयाँ वर्ष मनाउँदैछन्।”

गण्डकी प्रदेश सरकारले गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा पुस १५ गते आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *