अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीच फोन वार्ता

डिसी नेपाल
१५ पुष २०७६ १२:३८

वासिङ्टन डिसी, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।

उनीहरुबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ।

“राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका थिए, रुसमा भएको आक्रमणमा सहयोग पुग्नेगरी सूचना उपलब्ध गराएकोमा पुटिनले ट्रम्पलाई धन्यवाद दिएका थिए,” ह्वाईट हाउसद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

दुवै पक्षका प्रतिबद्धतालाई निरन्तरता दिदै दुवै पक्षीय सम्वन्धका बारेमा छलफल भएको ह्वाईट हाउसले जनाएको छ। रुसी संघीय सुरक्षा सेवाले सोमबार दिएको जानकारी अनुसार नयाँ वर्षको विदाको बेलामा दुई ओटा आक्रमण भएको थियो।

रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा भएको आक्रमण अमेरिकाले दिएको सूचनाका आधारमा गरिएको थियो। पुटिनले ट्रम्पलाई क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना पनि दिएको समाचारमा जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *